वर्तमान सरकार असफल भइसक्यो: माओवादी प्रवक्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरेका छन् ।
बिहीबार काठमाडौँमा प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष सापकोटाले देशका समस्या समाधान गर्न र जनजीविकाका विषयमा सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरेका हुन् ।
उनले दुई तिहाइको सरकारले सदनबाट डराएर बदनियतपूर्ण ढङ्गले अध्यादेश ल्याएको आरोप लगाए । आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नकै लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको समेत उनले जिकिर गरे ।
सापकोटाले संसद् ढिलो बोलाउने र विधेयकहरूलाई फास्ट ट्रयाकमा लैजाने कुराले सरकारले अतालिएको देखिएको जिकिर गरे । विपक्षीहरूले तर्कसहित अध्यादेशको विरोध जनाउने निर्णय गरेपछि सत्तारुढ दलले त्यसको प्रतिवाद गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको उनले बताए ।
सापकोटाले पार्टीलाई एकताबद्ध बनाएर राष्ट्रिय दृष्टिकोणका साथ अघि बढे कसैले माओवादीलाई सिद्धाउन नसक्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण