कबड्डीको उपाधि विराटनगर-१४ ले जित्यो
विराटनगर । विराटनगरमा आयोजित महानगरस्तरीय कबड्डी प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर कमिटीको आयोजनामा बिहीबार सम्पन्न प्रतियोगितामा वडा नम्बर १० लाई ४२-३९ अंकले पराजित गर्दै वडा नम्बर १४ ले उपाधि जितेको हो ।
प्रतियोगिताको विजेता र उपविजेता टिमलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, नेकपा एमालेका नेता सागर थापा, एकेडेमीका महानगर अध्यक्ष गोपाल झा लगायतले पुरस्कार वितरण गरे । यसअघि आज नै दुई वटा सेमिफाइनल खेल भएका थिए । पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १४ ले ९ लाई ५४-२२ अंकले पराजित गरेको थियो । दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १० र १७ बिच प्रतिस्पर्धा भएको थियो । १० ले १७ लाई २७-२४ ले पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो ।
वडा नम्बर ९ र वडा नम्बर १७ दोस्रो घोषित भए । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार रुपैयाँ, दोस्रो हुनेले नगद ३१ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरे । तेस्रो हुने दुवै टिमलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइएको एकेडेमीका सचिव हमिद आजादले बताए । यस्तै प्रतियोगिताको बेस्ट राइडर घोषित हुँदै वडा नम्बर १४ का खेलाडी नेहाल यादबले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । बेस्ट डिफेन्डरको पुरस्कार भने वडा नम्बर १० का मुकेश मेहताले पाए । उनलाई पनि नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण