बागमती प्रदेशसभा बैठक आज, यस्ता छन् कार्यसूची
मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज शुक्रबारबाट सुरु हुँदै छ । ४ महिना पछि प्रदेशसभाको अधिवेशन बैठक बस्ने तय भएको हो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको १५ औँ अधिवेशन बैठक बिहान ११ बजेका लागि आह्वान गरेका छन् । सोही अनुसार प्रदेशसभाको बैठक बस्ने तयारी भएको हो ।
प्रदेशसभाको १५औँ अधिवेशनको पहिलो बैठकमा शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची तय गरिएको छ । बिहीबार साँझ बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले दलीय रूपमा शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची रहेको छ ।
सदनमा दलगत रूपमा नेताहरूले शुभकामना सन्देश र प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरूको बारेमा जानकारी गराउने कार्यसूची निर्धारण भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । उनका अनुसार, शुक्रबार प्रदेशसभा स्थापना दिवस भएकाले मन्तव्यको कार्यसूचीपछि बैठक स्थगित गरिने छ । बैठकको पछि हाउसका गतिविधि र कार्यसूचीका विषयमा सत्तापक्ष र प्रतिपक्षबिच छलफलपछि निर्णय गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण