चुनौती बन्दै उपेक्षित उष्णप्रदेशीय रोग
काठमाडौँ । नेपालमा उपेक्षित उष्णप्रदेशीय रोग चुनौती बन्दै गएको छ । डेंगु, रेबिज, कुष्ठरोग, ट्रकोमा (खस्रे रोग), माटोबाट सर्ने जुका, सर्पदंश, लुतो, हात्तीपाइले, फित्तेजुका, कालाजार र माइसेटोमा गरी ११ वटा उपेक्षित उष्णप्रदेशीय रोग नेपालमा पाइन्छ ।
यिनै रोग नयाँ जिल्लाबाट रिपोर्ट भइरहेका छन् । जसले गर्दा सन् २०२६ सम्ममा यो रोगलाई जनस्वास्थ्य समस्याको रूपबाट निवारण गर्ने लक्ष्यको प्राप्तिमा चुनौती थपिएको सरकारी निकायले उल्लेख गरेको छ । इपिडिमियोलोजी तथा नियन्त्रण महाशाखाका अनुसार कालिकोट, डोल्पा जस्ता हिमाली जिल्लामा कालाजारको दर उच्च रहेको छ भने, पाल्पा कैलाली, सुर्खेत, डोल्पा, धनुषा, ओखलढुंगामा बिरामीको संख्या झनै बढी पाइएको छ ।
महाशाखाका अनुसार बाँके जिल्लाको ३ स्थानीय तहहरूमा समुदायमा प्रसारित हात्तीपाइले सङ्क्रमणलाई रोक्न अझै आम औषधी सेवन कार्यक्रम सञ्चालनमा रहेको छ ।
केही जिल्ला तथा स्थानीय तहहरूमा अझै पनि कुष्ठरोगका बिरामीहरू प्रति दश हजार जनसंख्यामा १ भन्दा कम हुनुपर्ने निवारणको सीमाभन्दा माथि रहेको पाइएको महाशाखाले उल्लेख गरेको छ ।
डेंगु, जिका र चिकनगुनिया जस्ता अन्य रोगहरूबाट बच्न मुख्यतया सहरी र अर्धसहरी क्षेत्रमा एडिस लामखुट्टेको प्रजनन रोक्न बहुक्षेत्रीय सहकार्यको खाँचो देखिएको सुझाइएको छ । प्रत्येक वर्ष डेंगुका बिरामीहरूको वृद्धि सँगै प्रभावित जिल्लाहरूको संख्या पनि थप हुँदै गएको छ । यस्ता कारणले उपेक्षित उष्णप्रदेशीय रोग चुनौती बन्दै गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण