वर्तमान सरकार २०८४ सम्म निरन्तर जानेमा शंका छैन : नेता थपलिया
काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले राजनीतिक स्थिरताको काम वर्तमान सरकारले गरिरहेको बताएका छन् । उनले वर्तमान सरकार २०८४ सम्म निरन्तर जानेमा शंका नरहेको बताएका हुन् ।
शुक्रबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै नेता थपलियाले केही विदेशी शक्तिहरू नेपालाई अस्थिरता तर्फ धकेल्न अग्रसर रहेको बताए । नेपाल संघीय गणतन्त्रको अभ्यासमा गरिरहेको र त्यसलाई सफलताका साथ कार्यान्वयन गरिरहेको उनले बताए ।
अहिलेको गठनबन्धन र सरकारले गरेको कामबाट केही व्यक्तिहरूलाई छट्पट्टी भइरहेको उनको भनाई छ । केही विदेशी शक्तिहरू नेपाललाई समाजवाद तर्फ अघि बढ्नबाट रोकिरहेका उनले बताए ।
प्रदेशसभाले राजस्वका क्षेत्र, प्रहरी र निजामती कर्मचारीको अधिकारका सन्दर्भमा छलफल गर्नुपर्ने उनको भनाई छ । संसद्को बहस मेगा प्रोजेक्ट, वैदेशिक सहायता लिने लगायतका क्षेत्रमा अघि बढाउनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण