रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वाग्रहका साथ खनियो : वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले लामिछानेमाथि लगाइएको निलम्बनप्रति पनि आपत्ति जनाएका हुन् ।
उनले अहिले रास्वपा चरणबाट गुज्रिरहेको र पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको जिकिर गरे । छिटै रास्वपाको चौथौँ चरण सुरु हुने र सबैले पार्टीको अस्तित्वलाई स्वीकार गर्ने उनको भनाई थियो ।
वाग्लेले संसदीय छानबिन समितिको प्रतिवेदनमा लामिछानेको नाम उल्लेख नभए पनि जबरजस्त संगठीत अपराधका नाममा फसाउने काम भएको धारणा राखे ।
उनले नेपालको जाँचबुझ आयोग गठन गरेर सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने र चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक गरेर छानबिन समिति माग्ने चेतावनी दिए ।
उनले दुई तिहाइको सामर्थ्य भएको वर्तमान सरकारले विधिको शासन स्थापित गर्न नसकेको पनि टिप्पणी गरे । उनले अध्यादेशलाई नियमित लयको रूपमा प्रस्तुत गर्न खोज्नु आपत्तिजनक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण