चालु खाता १४८ अर्ब १७ करोडले बचतमा, ६ महिनामा ६ अर्ब ५० करोड वैदेशिक लगानी भित्रियो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ महिनाको अवधिमा चालु खाता रु.१४८ अर्ब १७ करोडले बचतमा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५६ करोडले बचतमा रहेको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा उल्लेख छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको रिपोर्टमा उल्लेख छ ।
यस्तै समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.४ अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.३ अर्ब ११ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.६ अर्ब ५० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) आप्रवाह रु.४ अर्ब ५४ करोड रहेको थियो ।
यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२४९ अर्ब २६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडले बचतमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण