अर्जुन ट्रफी क्रिकेट : धनगढीको पहिलो जित
कैलाली । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा डिसिए धनगढी विजयी भएको छ ।
पहिलो जित दर्ता गर्ने क्रममा धनगढीले घोडाघोडी–११ सुखडलाई ६९ ‘रन’ले पराजित गर्यो । जितका लागि पाएको १५० रनको लक्ष्य पछ्याएको सुखड १६ दशमलव पाँच ‘ओभर’मा ८० रनमा समेटियो । टेक रावतले १८ र दीपक टमटाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । ‘बलिङ’मा धनगढीका ललित राजवंशीले तीन, मिलन बोहरा र राहुल भण्डारीले दुई/दुई ‘विकेट’ लिए ।
यसअघि फाप्ला क्रिकेट मैदानमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको धनगढीले निर्धारित २० ओभरमा नौ ‘विकेट’को क्षतिमा १४९ रन बनायो । जसमा राजु रिजालले ३७, लोकेश बमले ३१ र अभिषेक पालले २८ रनको योगदान गरे । सुखडका लागि लकी स्मिथले तीन र नरेन साउदले दुई विकेट झारे ।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित ‘ट्रफी’ पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई नगद रु १० हजार प्रदान गरिनेछ ।
यही माघ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक ‘क्यालेन्डर’मा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ । सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्याएका स्व अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती गुणस्तर परीक्षणमा द ब्रिटिस कलेज फेरि सफल, पायो पुनः अन्तर्राष्ट्रिय मान्यता
-
राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ सम्म गर्ने प्रस्ताव
-
‘हिजो सडकमा भौतिक आक्रमण हुन्थ्यो, आज डिजिटल माध्यमबाट चरित्र हत्या गरिन्छ’
-
भूमि समस्या समाधान समितिमा अध्यक्षसहितका पदाधिकारी नियुक्त
-
सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो : ओली
-
परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रियामार्फत हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण