ललितपुरमा दुईवटा घर भाडामा लिएर अनलाइन सट्टेबाजी, ३ अर्ब ४ करोड कारोबार
काठमाडौँ । ललितपुरको सानेपामा घर भाडामा लिएर अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
आरोपीहरूले दुईवटा घर भाडामा लिएर त्यहीँ बसेर सट्टेबाजी धन्दा चलाएका हुन् । उनीहरू एउटा घरमा १५ जना र अर्को घरमा ९ जना बस्ने गरेका थिए । विभिन्न एपमार्फत अनलाइन जुवा खेलाउने उनीहरुले पछिल्लो ६ महिनामा ३ अर्ब ४ करोड ७३ लाख रुपैयाँको कारोबार गरेको भेटिएको छ ।
भारतीयले गिरोहले सञ्चालन गरेको ८ वटा बेटिङ एपमार्फत उनीहरुले सट्टेबाजीमा गराएको आरोप छ । पक्राउ परेका सबैको साथमा कम्तीमा ३ वटा मोबाइल र एक एकवटा ल्यापटप फेला परेको छ । भारतबाट आएको म्यासेजको आधारमा उनीहरुले सट्टेबाजी हार्नेहरूको रकम जित्नेको खातामा ट्रान्सफर गरेर अभिलेख राख्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
अभिलेख राखेबापत उनीहरुले २५ देखि ३० हजार रुपैयाँ पाउने गरेको प्रहरीलाई बताएका छन् । उनीहरुविरुद्ध सट्टेबाजी, क्रिप्टो र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक अजित कुमार, मुकेश मण्डल, मनोज कुमार बजाज, सुमित खत्री, प्रबात कुमार शाह, ओम प्रकाश खत्री, रवि प्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डे र मनोज कुमार छन् । त्यस्तै पक्रउ पर्ने नेपाली नागरिकहरुमा टंक बहादुर पछाई, तेज बोगटी, लक्ष्मण विष्ट, अविनाश जिसी, हरि बहादुर जिसी, समिर खड्का, विक्रम पछाई, अशोक जिसी, भिष्म ओली, हेमन्त लोहनी गौतम, गोपाल विष्ट, सुजन जिसी, हेमन्त धामी र रवि विष्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
-
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
-
जनसाङ्ख्यिकीय सङ्क्रमणको कोणबाट युवाका आकाङ्क्षा र राज्यको दायित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण