आर्सनलले म्यान्चेस्टर सिटीलाई फराकिलो अन्तरले हरायो
सोमबार, २१ माघ २०८१, ०१ : ३२
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले म्यान्चेस्टर सिटीलाई फराकिलो अन्तरले हराएको छ । आइतबार राती भएको खेलमा आर्सनलले म्यान्सिटीलाई ५-१ गोल अन्तरले हराएको हो ।
आर्सनललाई फराकिलो जित दिलाउन मार्टिन ओडेगार्डले दुई गोल गर्दा थोमस पार्टी, माइल्स लेविस स्केली, काई हेभेर्ट्ज र एतान नवानेरीले एक-एक गोल गरे । म्यान्चेस्टर सिटीकातर्फबाट एर्लिङ हालाण्डले एक गोल फर्काए ।
यो जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी कम गरेको छ । भने म्यान्चेस्टर सिटीको हारसंख्या ७ पुगेको छ । आर्सनलले लिभरपुलसँगको अंकदुरी ६ अंकमा झारेको छ । लिभरपुलको २३ खेलबाट ५६ अंक छ भने आर्सनलको २४ खेलबाट ५० अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण