साइराजको गीतमा अञ्जना र सुरेन्द्रको प्रेम वियोग
सोमबार, २१ माघ २०८१, १२ : २९
काठमाडौँ । गायक साइराज खातीको स्वर रहेको ‘मेटूँ भन्छु केरकार पारी’ गीत सार्वजनिक भएको छ । गीतकार सुरेन्द्र दियालीको शब्द रहेको गीतमा सुवास भुसालले संगीत दिएका छन् । गीतमा विश्व अधिकारीको एरेन्ज छ ।
गायक खाती ‘मेरो भ्वाइस युनिभर्स’का फोर्थ रनरअप हुन् । देशमा बढ्दो रोजगारीको कारण प्रेम र सम्बन्धहरू क्रमशः चिसिँदै यथार्थलाई दृश्य कथा मार्फत भन्न खोजिएको छ । जसमा अहिलेकी निकै व्यस्त नायिका अञ्जना बराइलीको अभिनय रहेको छ । अभिनेत्री बराइलीलाई अभिनयमा सुरेन्द्र दियालीले साथ दिएका छन् ।
विशाल थापाको छायाङ्कन रहेको म्युजिक भिडियोलाई गणेश शाहीले निर्देशन गरेको हुन् । गीतलाई भाका इन्टरटेनमेन्ट युट्युब च्यानलले बजारमा ल्याएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण