३ जना मृतावस्थामा फेला
सोमबार, २१ माघ २०८१, १३ : ०९
काठमाडौं । मोरङ, दाङ र म्याग्दीमा ३ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मोरङको रंगेली नगरपालिका-३ दौलतपुरस्थित केदार उप्रेतीको गोठको बाहिर राखेको खाटमा सोही नगरपालिका-३ आमतोला बस्ने ६५ वर्षीय हरिलाल किस्कु आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी दाङको बबई गाउँपालिका-७ रावततरास्थित बबई नदीमा शान्तिनगर गाउँपालिका-६ देवीपुर बस्ने ७८ वर्षीय कुशल खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका-६ सानोधैरेनीस्थित सामुदायिक वनमा पनि हाल सनाखत हुन नसकेका पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करीको गुनासोपछि गृहमन्त्रीको ‘एक्सन’, सुरक्षा अधिकारीलाई बन्द कोठामा राखेर केरकार
-
सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
-
युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी
-
दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
-
आज सुनको मूल्य घट्यो
-
नेटो शिखर सम्मेलन सुरु, कसका के छन् दाउ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण