विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
सोमबार, २१ माघ २०८१, २२ : १०
सिरहा । नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रले यहाँ रहेको ३३ केभी विष्णुपुर फिडरको विष्णुपुर–लहान सडकखण्डमा १० दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।
सो खण्डमा ‘कण्डक्टर’ स्तरोन्नति गर्नुपर्ने भएकाले मङ्गलबारदेखि फागुन १ गतेसम्म विद्युत् अवरुद्ध हुने केन्द्रले जनाएको हो ।
यस फिडरअन्तर्गतका स्थानमा मङ्गलबार बिहान ७ देखि अपराह्न १ बजेसम्म तथा सार्वजनिक बिदाको दिनमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन हुनेछ ।
वितरण केन्द्रका अनुसार विष्णुपुर सवस्टेशनबाट सञ्चालित सम्पूर्ण क्षेत्रमा सेवा अवरुद्ध हुनेछ । निर्धारित समयअघि नै काम सम्पन्न भएमा सोहीअनुसार सूचना जारी भई सेवाबारे जानकारी दिइने वितरण केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण