स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
बुधबार, २३ माघ २०८१, ०१ : ०८
काठमाडौं । स्वीडेनको केन्द्रीय शहर ओरेब्रोस्थित एक स्कुल परिसरमा भएको गोलीबारीमा कम्तिमा १० जना मारिएका छन् । स्वीडिश प्रहरीका अनुसार मृतकमा संदिग्ध आक्रमणकारी समेत संलग्न छन् ।
मारिने संदिग्ध एक्लैले गोलीबारी गरेको प्रहरी अधिकारीहरुले बताएका छन् । यद्यपि, ती व्यक्तिको मक्सद अझैसम्म पुष्टि हुन सकेको छैन ।
प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले यो आक्रमणलाई स्वीडेनको इतिहास मै सबैभन्दा खराब सामूहिक गोलाबारीको संज्ञा दिएका छन् । गोलीबारी वयस्कहरुको स्कुलमा भएपनि सोही क्षेत्रमा बालबालिकाको समेत स्कुल रहेको बताइएको छ ।
आक्रमणकारी ठूलो संख्यामा हुनसक्ने आशंकामा प्रहरीले छात्रहरु र कर्मचारीलाई भवनभित्र राखेको र पछि मात्रै बाहिर निकालिएको बीबीसीले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण