अध्यादेश राष्ट्रिय सभामा फेल हुन्छ : वर्षमान पुन
धनगढी । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसद् छलेर सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा फेल हुने बताएका छन् । बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता पुनले यस्तो बताएका हुन् ।
‘भूमि हीनहरूलाई जग्गा दिनु, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नु ठिक हो’, पूर्व अर्थमन्त्री समेत रहेका पुनले भने,‘ तर संसद् छलेर अध्यादेश ल्याउनुको पछाडि भूमि माफिया र वन माफियाको चलखेल छ भन्ने आंशका जन्माएको छ ।’
उनले गिरीबन्धु टी–स्टेजस्ता हदबन्दी माथिका केसलाई आफू अनुकूल लैजाने सरकारले चलखेल गरेको बताए । ‘अहिले गणितीय हिसाबले बहुमतजस्तो देखिए पनि सरकार कम्र्फोटेबलको स्थितिमा पनि छैन’, उनले भने, ‘राष्ट्रिय सभामा बहुमत पुग्ने स्थिति छैन । जुन कारण अध्यादेश राष्ट्रिय सभामा फेल हुने देखिन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अध्यादेशमार्फत शासन गर्न तल्लीन रहेको भन्दै संसद्सँग डराएर सरकारले संसद्को मानहानि गरेको समेत आरोप पुनको छ ।
‘विधेयक अधिवेशन सुरु भएको छ । जुन कानुन निर्माणको लागि गरिन्छ । अधिवेशन सुरु गर्नु भन्दा ४ दिन अगाडि सरकारले अध्यादेश जारी गरेको छ । जसले राष्ट्रिय राजनीतिमा तरङ्ग छ’ पुनले भने, ‘सरकार किन अध्यादेशमार्फत शासन गर्न उद्धत छ ? भन्ने कुरा विशेष बहसको कुरा छ ।’
नेता पुनले प्रधानमन्त्री ओलीले विगतको संसद् विघटन प्रवृत्ति प्रवृत्ति दोहोर्याउन सक्ने आशङ्का गर्न सकिने समेत बताए ।
‘विगतमा नेकपा कालमा पनि उहाँले संसद् विघटन गर्नुभएको थियो । संसद् छल्ने, विघटन गर्ने, अध्यादेशमार्फत शासन गर्ने जस्ता कार्य फेरि दोहोरिन्छ कि भन्ने आम आंशका छ’, पुनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण