संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलले आगामी संसद् बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिइन् । उनले दलको बैठकमा तीन वटा एजेन्डाहरू रहेको र जसमा संसदमा दर्ता भएका विषय, अध्यादेशको विषय र संसद्को आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको बताइन् । उनले पार्टी सभापति रवि लामिछानेका विषयमा संसदमा निरन्तर कुरा उठाउने दलले निर्णय गरेको पनि बताइन् ।
उनले भनिन्,‘दलको बैठकमा तीन वटा एजेण्डा राखेका थियौँ । संसदमा दर्ता भएका विषय, अध्यादेशको विषय र संसद्को आकस्मिक, विशेष र शून्य समयमा उठाउनुपर्ने विषयका थिए । अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेण्डा, सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गरौँ ।’
उनले संसदमा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरूको नाम समेत टुङ्गो लगाएको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण