नेविसंघ शेखर समूहद्वारा स्ववियु तयारी विद्यार्थी भेला सम्पन्न
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ शेखर कोइराला समूहले स्ववीयु निर्वाचन विशेष उपत्यका स्तरीय विद्यार्थी अन्तरक्रिया भेला सम्पन्न गरेको छ । संघका केन्द्रीय सदस्य भुवन भट्टले आरआर क्याम्पसमा बुधबार भेला गरिएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेविसंघ पूर्वसभापति गुरुराज घिमिरेले स्ववियुको स्थापना कठिन समयमा सङ्घर्षबाट विद्यार्थीका हक अधिकारको संरक्षण र सबै नेपाली जनतामा शिक्षाको पहुँच पुराउनका लागि भएको भन्दै अहिले स्ववियुको भूमिका ठिक ढंगले सहि दिशामा अगाडि नबढेको बताए । उनले आगामी स्ववीयु निर्वाचनमा नेविसंघ कसैसँग गठबन्धन नगरी लड्नुपर्ने र क्याम्पस विश्वविद्यालयमा पपुपलर नेताले दुख गरेका आधारमा टिकट पाउनु पर्ने बताए । उनले नेताको चाकरी गरेका भरमा टिकट दिने र वास्तविक विद्यार्थी नेतालाई अन्याय गर्ने प्रवृत्ति विरुद्ध उभिनुपर्ने पनि स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले स्ववियु समयमै हुनुपर्ने र संगठनभित्र दुख गरेका, विद्यार्थीमाझ पपुलर व्यक्तिलाई समूहका नाममा, विचार समूहका नाममा लाखापाखा भयो भने अन्यायका विरुद्ध आवाज बुलन्द पार्नुपर्ने बताए ।
केन्द्रीय सदस्य भुवन भट्टका अनुसार अन्तरक्रिया कार्यक्रममा करिब २५ वटा कलेजका विद्यार्थी नेताले प्रतिनिधिमूलक रूपमा कुरा राख्दै स्ववियु चुनावको तयारी सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण