राइस कुकर बनाउने बहानामा ‘हनी ट्रयाप’, युवती पक्राउ
काठमाडौँ । राइस कुकर बनाउने बहानामा सम्पर्क गरी ‘हनी ट्रयाप’ गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा चितवन घर भई हाल काठमाडौँ महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य रहेकी छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार आचार्यले राइस कुकर बनाउने बहानामा आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने एक व्यक्तिलाई सम्पर्क गरेकी थिइन् । त्यसपछि उनले पटक–पटक मोबाइलमा सम्पर्क गरी माग गरेअनुसार रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी र परिवारसमेतलाई भनिदिन्छु भन्दै धम्की दिने गरेकी थिइन् ।
उनले डर त्रास देखाइ पीडितलाई १० लाख रुपैयाँ दिन बाध्य बनाएकी थिइन् । यसमध्ये ३ लाख रुपैयाँको चेकमार्फत तत्काल दिने र बाँकी ७ लाख रुपैयाँ एक हप्तामा दिने सर्तमा सहमति भएको थियो ।
यसको सूचना पाएपछि कार्यालयबाट खटिएको टोलीले आचार्यलाई मंगलबार अपराह्न कुलेश्वरबाट पक्राउ गरेको थियो । उनको साथबाट ३ लाख रुपैयाँको चेक एक थान र आईफोन मोबाइल बरामद गरेको छ । उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन
-
जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल
-
सगरमाथा वृक्षरोपण अभियान : पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
-
बेल्बासे वंश समाजमा नयाँ नेतृत्व
-
गण्डकी प्रदेशमा राइड सेयरिङको दर्ता खुल्यो, ३० दिनभित्र गर्न सरकारी सूचना
-
नेपाली साहित्य नारीरत्न : गीताकेशरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण