च्याम्पियन्स ट्रफीअघि अप्रत्यासित रुपमा अस्ट्रेलियन अलराउन्डर मार्कस स्टोइनिसको सन्न्यास
काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर मार्कस स्टोइनिसले अप्रत्यासित रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।
३५ वर्षीय स्टोइनिसले आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा ठिकअघि एकदिवसीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । च्याम्पियन्स ट्रफीका लागि घोषित अस्ट्रेलियन टोलीमा पनि उनलाई समावेश गरिएको थियो । तर, च्याम्पियन्स ट्रफीअघि नै उनले अप्रत्यासित रुपमा सन्न्यास लिए ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । स्टोइनिस हाल फ्रेन्चाइज प्रतियोगिता एसए–२० खेल्दैछन् । एसए–२० मा उनी डरबन सुपर जायन्ट्स टोलीमा आबद्ध छन् । स्टोइनिसको सन्न्यासपछि अब च्याम्पियन्स ट्रफीका लागि घोषित टोलीमा उनको स्थानमा अर्को खेलाडीलाई समावेश गरिने छ ।
च्याम्पियन्स ट्रफीमा सहभागी राष्ट्रहरुले फेब्रुअरी १२ तारिखसम्म आफ्नो टोलीमा परिवर्तन गर्न पाउने प्रावधान रहेको छ । सन् २०२३ मा खेलिएको आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियालाई च्याम्पियन बनाउन पनि स्टोइनिसको भूमिका महत्वपूर्ण रहेको थियो ।
एकदिवसीय प्रतियोगिताबाट सन्न्यास लिए पनि स्टोइनिसले टी–२० प्रतियोगितालाई भने निरन्तरता दिने बताएका छन् । उनले आफूलाई सहयोग पू¥याउने सबैप्रति आभार पनि व्यक्त गरेका छन् ।
‘एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाका क्षणहरु मेरो स्मरणमा सधैं ताजा रहने छन् । अस्ट्रेलियाका लागि खेल्नु त अझ गौरवको विषय हो । मेरो खेलजीवनलाई सफल बनाउन मद्दत पू¥याउने सबैप्रति आभारी छु,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन् ।
उनले एकदिवसीय क्रिकेटबाट सन्न्यासको निर्णय लिनु आफ्ना लागि निकै कठिन भएको पनि बताएका छन् । ‘पक्कै पनि यो निर्णय लिनु सहज थिएन । तर, हरेक खेलाडीले एक दिन सक्रिय खेलजीवनबाट विदा लिनै पर्छ,’ उनले भने ।
उनले अस्ट्रेलियन टोलीका प्रशिक्षक एन्ड्र्यू म्याकडोनाल्डसँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको पनि बताएका छन् । अब च्याम्पियन्स ट्रफीमा सहभागी अस्ट्रेलियन टोलीलाई आफूले मैदान वाहिरबाट सहयोग पुर्याउने पनि उनले बताए ।
स्टोइनिसले अस्ट्रेलियाका लागि ७१ एकदिवसीय अन्तर्राष्ट्रियको ६४ पालीमा कुल एक हजार चार सय ९५ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र ६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । उनको उच्च स्कोर भने अविजित एक सय ४६ रन हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ४८ विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन भने केवल १६ रन खर्चिएर तीन विकेट हो । उनले अस्ट्रेलियाका लागि टेस्ट क्रिकेट भने खेलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
-
५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण