हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी
बुटवल । रुपन्देहीको प्रतापपुर गाउँपालिकाले ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको पश्चिम नवलपरासीको नारायण चोकदेखि बेलाटारी सम्मको हुलाकी सडक निर्माणको काम तत्काल सुरु गर्न आग्रह गरेको छ । फाल्गुन १५ गतेदेखि काम सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी समेत सो गाउँपालिकाले दिएको छ ।
सडक निर्माणका लागि पालिका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा पटक पटक पटक आन्दोलन भए पनि राम्रोसँग काम नभएको गुनासो सर्वसाधारणको छ । आन्दोलनको दबाबले काम सुरु गरेझैँ गरेको ठेकेदार कम्पनीले पुनः काम ठप्प पारेपछि गाउँपालिकाले काम सुरु गर्न दबाब दिएको हो ।
सडक निर्माणको जिम्मा महालक्ष्मी बज्रगुरु कम्पनीले पाएको छ । पटक पटक स्थानीय तह र यहाँका अन्य निकायहरुले दबाब दिएपनि ठेकेदार कम्पनीले काम गरेको छैन । स्थानीयवासीले समेत सडक निर्माणका लागि पटक पटक आन्दोलन गर्दै आएका छन् ।
सडक निर्माणका लागि दबाब दिन अध्यक्ष यादव सहितको जनप्रतिनिधिको टोली गत भदौ २८ गते आमरण अनशन समेत बसेको थियो । सो अनसन कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापा समेत उपस्थित भएर एेक्यवद्धता जनाएका थिए।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकालको उपस्थितिमा भएको सहमति कार्यान्वयन गर्नका लागि हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुलाई प्रतापपुर गाउँपालिकाले पत्राचार गरेको छ । सो पत्रमा काम तत्काल सुरु गर्न भनिएको छ ।
यदि फागुन १५ गतेदेखि जनताले देखिने गरी काम सुरु नभएमा राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी प्रतापपुर गाउँपालिकाले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण