पर्यटकीय आकर्षणको केन्द्र बन्दै सैलुङको मिनी ग्रेटवाल (तस्बिरहरू)
काठमाडौँ । दोलखाको सैलुङमा निर्माण गरिएको सैलुङ मिनीग्रेट वाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको सो ग्रेटवाल अवलोकन गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको हो ।
प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण सो ग्रेटवाल अहिले पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनिरहेको छ । ग्रेट वाल हेर्न र सैलुङमा ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्ने विदेशी पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
पर्यटकीय क्षेत्र सैलुङ डाँडामा पर्यटन प्रवर्द्धन गर्नका लागि मिनी ग्रेट वाल निर्माणको काम सुरु गरिएको थियो । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सैलुङ गाउँपालिकाको संयुक्त लगानीमा सैलुङ ग्रेटवाल निर्माण गरिएको हो । सैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुङ्गा ९ सय ५० मिटरसम्म निर्माणको डिपिआर तयार गरिए तापनि अहिले ५ सय मिटर मात्र ग्रेट वाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।
ग्रेटवाल निर्माणको लागि सङ्घीय सरकारको ७० प्रतिशत र सैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट रहेको छ । प्रारम्भिक चरणमा ५ सय मिटर ग्रेट वाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४ सय १८ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो ।
सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियान अन्तर्गत सैलुङमा ग्रेटवाल निर्माणको लागि प्रस्ताव गरिएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_SGGOL4uBWz.jpg)
_2mGg6E6zzG.jpg)
_20HTSkWMPm.jpg)
_qBlWcut6t3.jpg)
_ASAm9R9nV2.jpg)
_ygzWULPPvS.jpg)
_SecOgqnubp.jpg)
_CyofBGPqh6.jpg)
_LizX9fS06o.jpg)
_OCBkoBcpbm.jpg)
_MWq5ENMruc.jpg)
_uiPowZu6gp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण