पर्यटकीय आकर्षणको केन्द्र बन्दै सैलुङको मिनी ग्रेटवाल (तस्बिरहरू)
_h1PMDUDvQ6.jpg)
काठमाडौँ । दोलखाको सैलुङमा निर्माण गरिएको सैलुङ मिनीग्रेट वाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको सो ग्रेटवाल अवलोकन गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको हो ।
प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण सो ग्रेटवाल अहिले पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनिरहेको छ । ग्रेट वाल हेर्न र सैलुङमा ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्ने विदेशी पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
पर्यटकीय क्षेत्र सैलुङ डाँडामा पर्यटन प्रवर्द्धन गर्नका लागि मिनी ग्रेट वाल निर्माणको काम सुरु गरिएको थियो । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सैलुङ गाउँपालिकाको संयुक्त लगानीमा सैलुङ ग्रेटवाल निर्माण गरिएको हो । सैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुङ्गा ९ सय ५० मिटरसम्म निर्माणको डिपिआर तयार गरिए तापनि अहिले ५ सय मिटर मात्र ग्रेट वाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।
ग्रेटवाल निर्माणको लागि सङ्घीय सरकारको ७० प्रतिशत र सैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट रहेको छ । प्रारम्भिक चरणमा ५ सय मिटर ग्रेट वाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४ सय १८ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो ।
सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियान अन्तर्गत सैलुङमा ग्रेटवाल निर्माणको लागि प्रस्ताव गरिएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
-
जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड
-
निर्मोही व्यासको ‘सम्झुँ कि बिर्सूँ’ लोकार्पण
-
‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन, कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आयाे’
-
ललितपुरको ठेचोबाट मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा
-
रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति