सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु पारित हुँदैन : महामन्त्री थापा
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन् । उनले उक्त विधेयकका प्रावधानहरूमा समस्या रहेकाले हुबहु पारित हुन नसक्ने बताए ।
सोमबार चितवन आइपुगेका महामन्त्री थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित गर्न नसक्ने बताए । उक्त विधेयक भित्रका प्रावधानहरूमा रहेका समस्या र त्रुटिहरू संशोधन गरिनुपर्ने बताए ।
‘सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु जस्ताको तस्तै पारित हुँदैन र हुन दिइँदैन । विधेयकमा थुप्रै समस्या छन् । विधेयकका प्रावधानहरू त्रुटिपूर्ण रहेका छन्’ उनले भने– ‘विधेयक २०७५ सालमा पनि गलत थियो । २०८० मा पनि गलत थियो र २०८१ मा पनि गलत छ । त्यसकारण विधेयकमा छलफल सहित संशोधन आवश्यक छ ।’
सरकारको साझेदार दल नेकपा एमालेसँग बसेर छलफल गरेपछि मात्रै विधेयक पारित गर्न सकिने उनले बताए । सामाजिक सञ्जाल नियमनसम्बन्धी महत्त्वपूर्ण विधेयकका विषयमा कांग्रेस र एमालेबिच साझा धारणा आवश्यक रहेको उनले बताए । उक्त विषयका बारेमा छलफल गर्न अन्य पार्टीहरूसँग पनि कांग्रेसले समन्वय गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण