सांसदको प्रश्न– बाँदर बेच्ने प्रयास के भइरहेको छ ?
सोमबार, २८ माघ २०८१, १५ : ३१

काठमाडौँ । कांग्रेस सांसद रामहरि खतिवडाले नेपालमा बाँदरलाई हानिकारक जन्तुका रूपमा राखेसँगै बेच्ने व्यवस्था भएको छ कि छैन भनेर सरकारलाई सोधेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले बाँदरले देशभरि आतङ्क सिर्जना गरेको बताए ।
‘श्रीलङ्काले चाइनालाई बाँदर बेचेर राजश्व पनि कमाउने र हानिकारक बाँदर पनि बेच्ने काम गर्यो’, खतिवडाले भने, ‘नेपालमा पनि बाँदरलाई हानिकारक जन्तु घोषणा गरेसँगै चीनतिर बेच्ने व्यवस्था गरेको छ कि छैन ? यसतर्फ के पहल भइरहेको छ ?’
उनले पहाडी क्षेत्रमा मानिसहरू बाँदर आतङ्कका कारण बस्नै नसक्ने भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री