गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धविच्छेद मुद्दा टुंगियो
काठमाडौँ । गायिका एलिना चौहान र विष्णु सापकोटाबिच कानुनीरुपमा सम्बन्धविच्छेद भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनीहरुबिचको सम्बन्धबिच्छेदको मुद्दा टुंगो लगाएको हो ।
न्यायाधीश मोना सिंहको इजलासमा अंश र मानाचामल नलिने गरी सम्बन्धबिच्छेद भएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।
अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ दोस्रो साता चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनले काठमाडौँ जिल्ला अदालतमा वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी थिइन् ।
एलिनाले गत वैशाखमा बागलुङ निवासी सापकोटासँग विवाह गरेकी थिइन् ।
एलिनाले जिल्ला अदालतमा पेस गरेको निवेदनमा आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी थिइन् । यस्तै विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको तर यस क्रममा सुरुका केही दिन राम्रै भए पनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको उनले जनाएकी थिइन् ।
पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेकाले कागजी सम्बन्धमा मात्र पति–पत्नी भएर बस्न उचित नरहेकाले सम्बन्धविच्छेदका लागि निवेदन दिएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण