फिल्म ‘११ः५५’को क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौँ । अगामी चैत्र ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । बुधबार फिल्मका ५ मुख्य कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र सागर खनालको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
क्यारेक्टर लुक्सले फिल्ममा उनीहरुले निर्वाह गरेको भूमिका झल्काएको निर्माण युनिटले जनाएको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । उनको यो निर्देशनमा डेव्यु फिल्म हो । फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।
अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको छायांकन रहेको फिल्ममा पासाङ दावा शेर्पाको सम्पादन छ ।
विचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । फिल्ममा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् । फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन् । फिल्मलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण