सकियो ‘सोल्टिनी’को छायाङ्कन
काठमाडौँ । प्रकाश सपुत र परीक्षा लिम्बु अभिनीत फिल्म ‘सोल्टिनी’को छायाङ्कन पुरा भएको छ । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा फिल्म सकिएको हो ।
फिल्मको ‘इन्ड क्ल्याप’ भोजपुरको अन्नपूर्ण गाउँमा भएको थियो । जसमा परीक्षा लिम्बु, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बा फिल्मका लागि अन्तिम दृश्य दिए ।
अर्जुन सुवेदी निर्देशित फिल्म अब सम्पादनमा जुट्नेछ । निर्देशक सुवेदीले दर्शक फिल्मले फरक स्वाद दिने बताए । समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्धको कथा फिल्मले उठाएको छ ।
फिल्ममा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा रहेका छन् । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को अभिनय छ ।
प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहनेको फिल्म सुशन प्रजापतिले छायाङ्कन गरेका हुन् । प्लानेट थ्री फिल्मसको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो फिल्मका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । आरआर फिल्मस् प्रा.लिले नेपाल वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । फिल्म २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनबाट प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण