फिल्म ‘अन्धपथ’ निर्माण घोषणा
काठमाडौँ । फिल्म ‘अन्धपथ’ निर्माण घोषणा गरिएको छ । बुधबार काठमाडौँमा एक विशेष कार्यक्रमबिच फिल्म निर्माण घोषणा गरिएको हो ।
आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने चलचित्रकाे फागुनको ८ गतेदेखि छायांकन हुनेछ ।
रामकाजी घिमिरेको लेखन/निर्देशन रहने चलचित्रमा राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जीत भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल,), भरत कार्की, भेग पहारी शम्भु ढुंगाना लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रका निर्माता रामजी लम्साल हुन् ।
युवा शक्तिलाई विदेश पलायन निरुत्साहित तुल्याई स्वदेशमै काम गरेर आयआर्जनमा लगाउने थिममा चलचित्र निर्माण हुने निर्देशक रामकाजीले बताए ।
विसं. २०८२ सालको असोज/कात्तिक महिनालाई प्रदर्शन मिति लक्षित गरिएको यो चलचित्र कर्णाली रुकुम पूर्व, काठमाडौँ, भारतको गोवा, ल्याटिन अमेरिकी देश ब्राजिल र अमेरिकामा छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रको मुख्य सहायक निर्देशकमा रामशरण कोइराला हुनुहुन्छ भने छायांकन रामसरण उप्रेती, संगीत अर्जुन पोख्रेल र श्रृगांरमा सन्तु तामाङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी पुनर्गठनबारे ‘बादल’ले कस्तो बनाउँदै छन् प्रतिवेदन ?
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण