फिल्म ‘अन्धपथ’ निर्माण घोषणा

काठमाडौँ । फिल्म ‘अन्धपथ’ निर्माण घोषणा गरिएको छ । बुधबार काठमाडौँमा एक विशेष कार्यक्रमबिच फिल्म निर्माण घोषणा गरिएको हो ।
आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने चलचित्रकाे फागुनको ८ गतेदेखि छायांकन हुनेछ ।
रामकाजी घिमिरेको लेखन/निर्देशन रहने चलचित्रमा राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जीत भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण ढुंगाना, कृष्ण गिरी, निरोज खुलाल (अटल), सरस्वतीदेवी लोनिया (सरु बराल,), भरत कार्की, भेग पहारी शम्भु ढुंगाना लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रका निर्माता रामजी लम्साल हुन् ।
युवा शक्तिलाई विदेश पलायन निरुत्साहित तुल्याई स्वदेशमै काम गरेर आयआर्जनमा लगाउने थिममा चलचित्र निर्माण हुने निर्देशक रामकाजीले बताए ।
विसं. २०८२ सालको असोज/कात्तिक महिनालाई प्रदर्शन मिति लक्षित गरिएको यो चलचित्र कर्णाली रुकुम पूर्व, काठमाडौँ, भारतको गोवा, ल्याटिन अमेरिकी देश ब्राजिल र अमेरिकामा छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।
चलचित्रको मुख्य सहायक निर्देशकमा रामशरण कोइराला हुनुहुन्छ भने छायांकन रामसरण उप्रेती, संगीत अर्जुन पोख्रेल र श्रृगांरमा सन्तु तामाङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासनको एक्सन, तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक
-
‘एउटा राष्ट्रवादी र विचारको अन्त्य’
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै
-
अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी
-
सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ गएकाे प्रमाणित भयाे : नवराज सुवेदी