जनयुद्ध नभएको भए देश सय वर्षसम्म सामन्तवादको कब्जामा हुन्थ्यो : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्ध नभएको भए सय वर्षसम्म देश सामन्तवादको कब्जामा हुने जिकिर गरेका छन् । सल्यानमा बिहीबार भएको कार्यक्रममा बोल्दै उनले माओवादी आन्दोलनकै कारण सामन्तवादको अन्त्य भएको दाबी गरे ।
‘जनयुद्ध कुनै पार्टीविरुद्ध गरेको विद्रोह होइन । सामन्तवादको विरुद्ध गरेको मुक्तियात्रा थियो । जनयुद्ध सिङ्गो नेपाली जनताको पर्व हो । कसैले बिर्सन नसक्ने ढुंगामा लेखिएको अक्षरभन्दा पनि गहिरो हो । जनयुद्धमा ल्याएको परिवर्तनलाई सबैले गर्व गर्न म आग्रह गर्न चाहन्छु’, उनले भने, ‘जनयुद्ध नभएको भए देश आज पनि सामन्तवादको कब्जामा हुन्थ्यो । सय वर्ष सामन्तवादको पाउमुनी हुन्थ्यो । माओवादी आन्दोलनले सय वर्ष अगाडि परिवर्तन आएको छ । परिवर्तनको उपभोग माओवादीले मात्र गरेका छैन । सबैले उपभोग गरेका छन् । दलित, महिला, मधेसी, उत्पीडित जनताले अधिकार पाएका छन् ।’
जनयुद्धलाई गलत ढङ्गले व्याख्या गरेकोमा आपत्ति जनाउँदै विप्लवले सामन्तवादको अन्त्य र गणतन्त्र स्थापना माओवादीले नै गरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल
-
नेपाली चलचित्रमा काम गर्ने बलिउड अभिनेत्री मनिषाको चाहना
-
१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो