जनयुद्ध नभएको भए देश सय वर्षसम्म सामन्तवादको कब्जामा हुन्थ्यो : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्ध नभएको भए सय वर्षसम्म देश सामन्तवादको कब्जामा हुने जिकिर गरेका छन् । सल्यानमा बिहीबार भएको कार्यक्रममा बोल्दै उनले माओवादी आन्दोलनकै कारण सामन्तवादको अन्त्य भएको दाबी गरे ।
‘जनयुद्ध कुनै पार्टीविरुद्ध गरेको विद्रोह होइन । सामन्तवादको विरुद्ध गरेको मुक्तियात्रा थियो । जनयुद्ध सिङ्गो नेपाली जनताको पर्व हो । कसैले बिर्सन नसक्ने ढुंगामा लेखिएको अक्षरभन्दा पनि गहिरो हो । जनयुद्धमा ल्याएको परिवर्तनलाई सबैले गर्व गर्न म आग्रह गर्न चाहन्छु’, उनले भने, ‘जनयुद्ध नभएको भए देश आज पनि सामन्तवादको कब्जामा हुन्थ्यो । सय वर्ष सामन्तवादको पाउमुनी हुन्थ्यो । माओवादी आन्दोलनले सय वर्ष अगाडि परिवर्तन आएको छ । परिवर्तनको उपभोग माओवादीले मात्र गरेका छैन । सबैले उपभोग गरेका छन् । दलित, महिला, मधेसी, उत्पीडित जनताले अधिकार पाएका छन् ।’
जनयुद्धलाई गलत ढङ्गले व्याख्या गरेकोमा आपत्ति जनाउँदै विप्लवले सामन्तवादको अन्त्य र गणतन्त्र स्थापना माओवादीले नै गरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण