शिखर धवनसँगै सरफराज अहमद, शेन वाट्सन र टिम साउथी सद्भावनादूत नियुक्त
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताका लागि चारजना सद्भावनादूतको घोषणा गरेको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र यूएईमा आयोजना हुँदैछ ।
आईसीसीले प्रतियोगिताका लागि भारतका पूर्वखेलाडी शिखर धवनलाई पनि सद्भावनादूत नियुक्त गरेको छ । आफ्नो समयका प्रभावशाली खेलाडी शिखर धवन केही समयअघि नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौँ पनि आएका थिए ।
यसका अतिरिक्त, आईसीसीले आयोजक पाकिस्तान, अस्ट्रेलिया र न्युजिल्यान्डका एक–एक खेलाडीलाई पनि सद्भावनादूत नियुक्त गरेको छ । पाकिस्तानका सरफराज अहमद, अस्ट्रेलियाका शेन वाट्सन र न्युजिल्यान्डका टिम साउथी च्याम्पियन्स ट्रफीका लागि सद्भावनादूत नियुक्त भएका हुन् ।
सरफराज अहमतकै कप्तानीमा पाकिस्तानले सन् २०१७ मा च्याम्पियन्स ट्रफी जितेको थियो । च्याम्पियन्स ट्रफीको सद्भावनादूत नियुक्त भएपछि शिखर धवनले खुसी व्यक्त गरेका छन् । ‘च्याम्पियन्स ट्रफीसँग जोडिन पाउनु आफैमा गौरवको विषय हो । सद्भावनादूत नियुक्त हुनेहरुका लागि यो ठुलो सम्मान पनि हो । म आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्नेछु,’ उनले भनेका छन् ।
शिखर धवनले च्याम्पियन्स ट्रफीको दुईवटा संस्करण खेलेका थिए । उनले सन् २०१३ र सन् २०१७ मा च्याम्पियन्स ट्रफीमा सहभागिता जनाएका थिए । उनले च्याम्पियन्स ट्रफीमा १० खेल खेल्दै कुल सात सय एक रन बनाएका छन् ।
उनले च्याम्पियन्स ट्रफीमा तीन शतक र तीन अर्धशतक प्रहार गरेका छन् । उनले सन् २०१३ को संस्करणमा तीन सय ६३ रन बनाएका थिए । उक्त संस्करणमा उनी प्लेयर अफ दि टुर्नामेन्ट पनि घोषित भएका थिए । सन् २०१७ को संस्करणमा पनि उनले तीन सय ३८ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण