बागमती गाउँपालिकाको आयोजनामा फुटबल प्रतियोगिता आजदेखि
मकवानपुर । आजदेखि मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा फुटबल प्रतियोगिता हुँदैछ । आज (फागुन ३ गते)देखि शहीद स्मृति रंगशाला झुरझुरेमा प्रतियोगिता अन्तर्गतको खेलहरू हुनेछन् ।
सातौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन्। उक्त कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड बिहान १० बजे हेलिकप्टरमार्फत आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले गाउँपालिकाको मुख्य सहयोगमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका र बागमती युथ क्लब सर्लाहीको टिमबिच प्रतिस्पर्धा हुने उनले बताए ।
प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता रहने उनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ । म्यान अफ द म्याचलाई दश हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।
प्रतियोगिता आयोजना गर्नका लागि गाउँपालिकाबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त हुने उनको भनाई छ । ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि मकवानपुरको १० वटै स्थानीय तह तथा सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँग पनि सहयोगका लागि पहल गरिएको उनले बताए ।
गत वर्ष काठमाडौँको मच्छिन्द्र क्लबले उपाधि जितेको थियो भने सशस्त्र प्रहरी बलको एपीएफ उपविजेता बनेको थियो । प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण