इस्तियाक राई भन्छन्, ‘भूमिसम्बन्धी अध्यादेशमाथि पछि छलफल गर्ने सहमति भयो’
काठमाडौँ । सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशबाहेक अरू पाँच वटा दुवै सदनबाट पास गराउने सहमति भएको सत्तारुढ मधेसी दलले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ताधारी दलहरूको बैठकले सो सहमति गरेको हो ।
भूमिसम्बन्धी अध्यादेशमा सत्तारुढ दलहरूकै बिचमा कुरा मिलेको छैन । सरकारमा रहेका दलहरूले त्यसमा असन्तुष्टि जनाइ रहेको बेला त्यसलाई छलफलमा राखेर बाँकी अध्यादेशलाई भने पास गराउने सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले बताए ।
उनले भने, ‘भूमिसम्बन्धी अध्यादेशबाहेक अरू पाँच वटा अध्यादेश पास गराउन सबै दल सहमत भएका छन् । संसद्को अगामी बैठकबाट त्यसलाई पास गराउने र त्यसपछि भूमिसम्बन्धी अध्यादेशमा रहेको असन्तुष्टिलाई सम्बोधन गरेर अगाडि बढाउने सहमति भएको छ ।’
सत्तारुढ दलको बैठकमा जसपा नेपालबाट कसैको उपस्थिति थिएन । उपत्यका बाहिर रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवसँग अध्यादेशको विषयमा बैठकबाटै फोनमा कुराकानी भएको थियो ।
उनले पनि भूमि सम्बन्धी अध्यादेशबाहेक बाँकी पाँच वटालाई पास गराउन सहमति दिएको बताइएको छ । भूमि सम्बन्धी अध्यादेशमा आपत्ति जनाएको लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर बैठकमै उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण