क्रिकेट
क्यानले माग्यो मुख्य प्रशिक्षकका लागि आवेदन
शनिबार, ०३ फागुन २०८१, १७ : ५७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । यसअघि क्यानले मुख्य प्रशिक्षक रहेका मोन्टी देसाईको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो ।
सूचना अनुसार इच्छुक व्यक्तिले फेब्रुअरी २८, २०२५ सम्म आवेदन बुझाइ सक्नुपर्नेछ । आवेदकले ईसीबी/सीए लेभल ३ वा सो सरहको एक्रिडेसन हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै, पाँच वर्ष व्यावसायिक क्रिकेटमा प्रशिक्षणको अनुभव हासिल गरेको हुनुपर्ने बताइएको छ । यसमा आईसीसीको पूर्णकालीन सदस्य, फर्स्ट क्लास टोली र आईसीसी एसोसिएट टोलीको प्रशिक्षण गरेको हुनुपर्ने सर्त समावेश छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण