युक्रेनी शान्ति वार्ताका लागि रुसी अधिकारी भेट्दैछन् अमेरिकी दूत
वासिङटन डीसी । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले रुसी अधिकारीहरूलाई भेट्ने भएका छन् । आगामी केही दिनमै युक्रेनी युद्ध अन्त्य गर्नेबारे छलफल गर्न साउदी अरबमा यो भेटघाट हुन लागेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
रुबियोसँग राष्ट्रिय सुरक्षा सल्लाहकार मार्क वाल्ट्ज, मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विट्कफ समेत जाने अधिकारीहरूले बताएका छन् । युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलोगले बताएअनुसार अमेरिका, रुस र युक्रेन वार्तामा संलग्न हुनेछन् । तर यो वार्तामा यूरोपलाई नबोलाइने उनले बताए ।
साउदी अरबमा हुन लागेको वार्तामा युक्रेनलाई नबोलाइएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जलेन्स्कीले बताए । युक्रेन शान्ति वार्ताबारे रुससँग अगाडि बढिरहँदा अमेरिकाले यूरोपलाई पूरै बेवास्ता गरिरहेको छ । युक्रेन युद्धबारे आगामी हप्ता यूरोपेली देशहरूले पेरिसमा आकस्मिक सम्मेलन बोलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण