अष्ट्रियामा चक्कु प्रहारको घटनामा किशोरको मृत्यु, ५ घाइते
भियन्ना । दक्षिण अष्ट्रियामा चक्कु प्रहारको घटनामा १४ वर्षिय किशोरको मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् । प्रहरीले बताएअनुसार संदिग्ध आश्रय मागिरहेका २३ वर्षका सिरियाली नागरिक हुन् ।
संदिग्धलाई घटनास्थलबाट प्रहरीले समातेका थिए । चक्कु प्रहारको उद्देश्य के हो भने स्पष्ट भइसकेको छैन । घटना स्थानीय समयअनुसार दिउँसो ४ बजे भएको थियो ।
घाइते पाँचमध्ये दुई जनाको अवस्था शनिबार साँझसम्म गम्भीर भएको भनिएको छ । घटनाको समयमा एक डेलिभरी म्यानले आक्रमणकारीलाई अरुलाई क्षति पुर्याउनबाट रोकेको प्रहरीले भनेका छन् । यी पुरुष पनि सिरियाली नै भएको बताइएको छ । डेलिभरी भ्यान चलाएर जाँदै गर्दा घटना भइरहेको देखेपछि ती पुरुषले आक्रमणकारीलाई भ्यानले ठक्कर दिएका थिए ।
संदिग्धसँग प्रहरीले पुछताज गरिरहेको छ । अष्ट्रियाको कानून अनुसार आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन । तर उनी २३ वर्षका सिरियाली पुरुष भएको बताइएको छ । उनीसँग अस्गायी बसोबास अनुमति थियो । उनले आश्रय माग्दै आवेदन दिएका थिए । यसको नतिजा आउन बाँकी थिए । प्रहरीले यस घटनामा मर्ने किशोरको पहिचान खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण