राजेन्द्र, मुकेश र अनितालाई उपाधि
काठमाडौँ। राजेन्द्र बज्राचार्य, मुकेश महर्जन र अनिता महर्जनले छैटौँ इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।
टिम इभेन्टको स्पर्धामा मात्र प्रतिस्पर्धा भएको प्रतियोगिताको फाइनलमा राजेन्द्र, मुकेश र अनिताको टोलीले रवीन्द्र शाक्य, हरिप्रसाद खरेल र राम महर्जन सम्मिलित टोलीलाई २–१ ले पराजित गरे ।
इन्टरटेन्मेन्ट टेबलटेनिस टुर्नामेन्ट, ललितपुरद्वारा आयोजित प्रतियोगितामा किरण ब्यञ्जन्कार, डिकेन महर्जन र चिरीकाजी ब्यञ्जन्कार तेश्रो भए ।
पहिलो हुनेलाई थाइल्यान्डको ५ दिनको पूरा प्याकेज, दोस्रोलाई पोखराको ३ दिनको पूरा प्योकज र तेस्रोलाई अनर एक्स ५ मोबाइल पुरस्कार स्वरूप प्रदान गरिएको थियो ।
नख्खुस्थित बुल्स क्लबमा भएको एकदिने प्रतियोगितामा ४४ समूह १ सय ३२ खेलाडी सहभागी थिए । एक टिममा पुरुष÷महिला समावेश हुन पाउने गरी ३ खेलाडी राख्न पाउने प्रावधान थियो । टिममा ३ डबल्स खेल भएका थिए ।
विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आयोजक इन्टरटेन्मेन्टका अध्यक्ष एवं अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, अखिल नेपाल टेबलटेनिस संघका र महासचिव कुवेर सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा आयोजक इन्टरटेन्मेन्टले १२ जना यु–१८ का खेलाडीलाई प्रोत्साहन स्वरूप करिब ८० हजार मूल्य बराबरको खेल सामाग्री प्रदान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण