भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री राणाबिच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेश मन्त्री एस जयशंकरबिच ओमनमा भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका मन्त्रीद्वय बिच आइतबार साइडलाइन भेटवार्ता भएको हो ।
दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन उनीहरुबिच कुराकानी भएको बताइएको छ । नेपालको विकासमा भारतले गरेको निरन्तर सहयोगका लागि आफूले भारतीय विदेशमन्त्री जयशंकरलाई धन्यवाद दिएको मन्त्री राणाले बताइन् । व्यापार पारवहन र जलस्रोत विकास लगायतका विषयमा नेपाल–भारतबिच भएको प्रगतिका लागि आफूले धन्यवाद दिएको उनले बताइन् ।
लामो युरोप भ्रमणपछि गत पुस ४ गते भारत पुगेकी परराष्ट्रमन्त्री राणासँग भारतीय पक्षका कसैले भेट्न मानेका थिएनन् । त्यतिबेला परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने प्रयास गरेकी थिइन् तर भेट्न उनले मानेका थिएनन् ।
परराष्ट्रमन्त्री आरजु उच्चस्तरीय भेटघाट बिना भारतबाट नेपाल फर्केकी थिइन् । फर्केको दुई महिनापछि ओमनमा विदेशमन्त्री जयशंकरसँग उनले भेट गरेकी हुन् ।
परराष्ट्रमन्त्री राणाले आजै कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीसँग पनि भेटेकी थिइन् । सो भेटमा उनले हमासको कब्जामा रहेको विपिन जोशीको रिहाका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।
त्यसैगरी मन्त्री राणाले आजै संयुक्त अरब इमिरेटस (युएइ)का विदेश, अर्थ, तथा व्यवपार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघलेसँग पनि भेटेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण