शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

९ फागुनदेखि ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन गर्दै मण्डला

सोमबार, ०५ फागुन २०८१, १४ : ५३
सोमबार, ०५ फागुन २०८१

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा अब नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुने भएको छ । थियटरले केही अगाडि घोषणा गरेको ७ नाटकमध्ये पाँचौँ नाटकको रूपमा यो मञ्चन गर्न लागेको हो ।

यही फागुन ९ गते शुक्रबारदेखि मञ्चन सुरु हुने नाटकका लेखक मिल्सन राई हुन् । पशुपति राई निर्देशित नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’लाई मण्डलाले पाँचौँ निर्देशकको नाटकको रूपमा प्रस्तुत गर्न लागेको हो । नाटकको निर्माता रङ्गकर्मी–कलाकार विजय बराल रहेका छन् । 

लोक कथा र मिथकबाट प्रभावित भएर मिल्सन राईले लेखेको यस नाटकले माझ किरातको मुन्दुम र श्रुति परम्पराबाट आएको कथालाई बोकेको छ । जसले मातृसत्तात्मक समाजमा पितृसत्तात्मक व्यवहार कसरी सुस्तरी प्रवेश ग¥यो र यसले व्यवहारगत रूपमा कसरी आफ्नो विचार हाबी गरायो भन्ने कथासार बोल्दछ । 

नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’लाई निर्देशक पशुपति राई स्वयंले परिकल्पना गर्दै रङ्गमञ्चमा लोक र आधुनिक शैलीको मिश्रणका साथ प्रस्तुत गर्दैछ । निर्देशक राईले ‘लोककथालाई आफ्नो संश्लेषणसहित नाटक पुनः सिर्जना गरिएको’ बताइन् ।

पछिल्लो समय मण्डलामा नाजिर हुसेनको लेखन निर्देशन रहेका नाटक ‘हरि बजुरबा’ मञ्चन भएको थियो । जसमा विजय बरालले मुख्य भूमिका निर्वाह गरेका थिए । 

‘अभिनयसँगै मञ्चमा त आइरहेको नै छु, साथै रङ्गमञ्चका सुन्दर सिर्जनाहरुमा निर्माताका रूपमा सिर्जनात्मक र प्राविधिक जिम्मेवारी पनि लिइरहेको नै हुँ, यसपटक देखिनेगरी नै लेम्लेम्मा छु । यसलाई साथ दिनुहुन सम्पूर्णलाई आग्रह गर्दछु’, विजयले भने ।

नाटकमा ठिल्ने ल्हमो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको अभिनय रहनेछ । 

नाटकको सहनिर्देशक रोशनी स्याङ्बो रहेकी छन् । चैत ३ गतेसम्म सोमबारबाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ बजे नाटक मञ्चन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप