गृह मन्त्रालयले प्रहरी अपरेसनको नेतृत्व गर्ने प्रवृत्ति रोकौँ : वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले नेपाल प्रहरीको परिचालन स्वायत्त हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा नेपाल प्रहरी विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले सैद्धान्तिक रूपमा प्रहरी परिचालनको नेतृत्व गृह मन्त्रालयले गर्ने प्रावधान स्वभाविक भएपनि अपरेसनको नेतृत्व भने प्रहरी नेतृत्वकै हुनुपर्ने बताए । उनले प्रहरी संगठनलाई जनउत्तरदायी र समुदायमा आधारित बनाउनुपर्ने विषयमा विधेयकमा ध्यान नपुगेको टिप्पणी गरे । नेपाल बहुजातीय, बहुभाषिक र बहु सांस्कृतिक विविधतामुक्त रहेको चर्चा गर्दै उनले स्थानअनुसार अपराधका प्रकृति फरक हुनु भएकाले अपराध नियन्त्रण र अनुसन्धानकार्य नागरिकसँग जोडिएको हुनुपर्ने बताए ।
‘प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा गर्ने काममा नागरिक जोडिनुपर्छ’, पुनले भने, ‘संविधानको धारा ४१ को उपधारा (क) राष्ट्रिय सुरक्षा नीतिको (५) मा राष्ट्रिय सुरक्षा नीतिका आधारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सबै सुरक्षा निकायलाई सबल, सुदृढ, व्यावसायिक, समावेशी र जनउत्तरदायी बनाउने कुरा छ । विधेयकमा प्रहरीलाई मान अधिकारको पालना र जनउत्तरदायी बनाउने कुरा छुटेको छ ।’
पुनले संसद्ले प्रहरी समायोजन ऐन ०७६ मै पारित गरे पनि हालसम्म कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै प्रहरी ऐन बन्ने र कार्यान्वयन हुनेमै शंका रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण