‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ कलाकारले तताउने
काठमाडौँ । चर्चित हास्यकलाकार मनोज गजुरेल, रामचन्द्र अधिकारी, सीपी पुडासैनी ‘धतुरे बा’ लगायत हास्य कलाकारको विभिन्न कमेडी प्रस्तुति दर्शकले एकै स्टेजमा देख्न पाउन भएका छन् । बुधबार आयोजना हुने ‘११औँ कागेश्वरी मनोहरा पर्यटन महोत्सव’मा यी कलाकार एकसाथ स्टेजमा देखिने भएका हुन् ।
कागेश्वरी मनोहरा नगरपालिका डाछीको आयोजनमा कागेश्वरी धाम मनोहरा वाड नं १ मा आयोजना हुने महोत्सवमा हास्य कलाकारको गायिका अस्मिता अधिकारी, लोकगायक नवराज घोरासैनी, राजु परियार, सूर्यमणि आचार्य, गायिका सुमन लि, सुदन खड्का, शिशिर योगी, राजेन्द्र श्रेष्ठ, पुष्कर सुनुवार, कमला थापा, मणिराज काफ्लेको समेत विभिन्न साङ्गीतिक प्रस्तुति दिने कागेश्वरी मनोहरा नगरसांस्कृति मञ्चका अध्यक्ष कलाकार सीपी पुडासैनीले जानकारी दिए ।
स्थानीय व्यक्तिलाई साङ्गीतिक मनोरञ्जन दिलाउँदै नगरपालिका भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास गर्ने उद्देश्य महोत्सवको रहेको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले बताए । उनले प्रत्येक बर्षको फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर नगरपालिकाले यस्तो महोत्सव आयोजना गर्दै आएको समेत बताए ।
कागेश्वरी धाम वडा नं १ कागेश्वरी मनोहरा नगरपालिकाको पर्यटकीय वडाको रूपमा पनि परिचित छ । वडाको विकासमा पर्यटनको हिसाबले पनि महत्त्वपूर्ण हुने वडा नं १ का वडा अध्यक्ष मुकुन्द गजुरेल बताउँछन् । उनले महोत्सवमा साङ्गीतिक मनोरञ्जनको अलावा विभिन्न स्थानीय खानाको स्टल समेत रहने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण