खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
अंकारा । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले तय गरिएको इजरायल भ्रमण रद्द गरेका छन् ।
अमेरिका र इरानबिचको पछिल्लो सैन्य तनाव चुलिएपछि बुधबार हुने भनिएको भ्रमण अन्तिम समयमा स्थगित गरिएको इजरायली स्रोतहरूलाई उद्धृत गर्दै सीएनएनले समाचार छापेको छ ।
हेगसेथले रक्षा मन्त्री बनेपछि पहिलो पटक इजरायल भ्रमण गर्ने कार्यक्रम थियो । भ्रमणका क्रममा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री इजरायल काट्जसँग भेटवार्ता गर्ने तथा इजरायली वायुसेनाका विभिन्न हवाई अड्डाको निरीक्षण गर्ने तालिका रहेको बताइएको थियो । तयारी पूरा भइसकेको अवस्थामा बुधबार बिहान भ्रमण रद्द गरिएको स्रोतहरूले जनाएका छन् ।
यो भ्रमणको एउटा मुख्य उद्देश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो शिखर सम्मेलनका क्रममा टर्कीलाई अत्याधुनिक एफ–३५ स्टेल्थ लडाकु विमान बिक्री गर्न सकिने संकेत दिएपछि उत्पन्न इजरायली चिन्ता कम गर्नु पनि रहेको थियो । हाल इजरायल पश्चिम एसियामा एक मात्र देश हो, जसले अमेरिकाले निर्माण गरेको अत्याधुनिक एफ–३५ लडाकु विमान सञ्चालन गरिरहेको छ ।
यसैबीच, सीएनएनसँगको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दाेआनको आलोचना गरेका छन् ।
एर्दाेआनलाई अमेरिकाको आदर्श सहयोगी नभएको टिप्पणी गर्दै उनले विश्वको एकमात्र यहुदी राष्ट्र इजरायलाई नष्ट गर्ने धम्की दिएको पनि नेतान्याहुले बताए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भने हेगसेथको भ्रमण रद्द भएको विषयमा तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण