बन्दिपुरमा वडासचिव कुटिए, मादीका कर्मचारी आन्दोलित
पोखरा । तनहुँको बन्दिपुर गाउँपालिका ६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडा सचिव कुटपिट गरेपछि कास्कीको मादी गाउँपालिकाका कर्मचारीहरूले विरोध जनाएका छन् । वडासचिव नवीन भुसालमाथि अध्यक्ष गुरुङले बिल पास नगरिदिएको आरोपमा घाँटी अँठ्याएर चड्कन हानेका थिए ।
उक्त घटनामा मादीका कर्मचारीहरूले विज्ञप्ति निकालेर दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् । 'जनप्रतिनिधिहरूले कर्मचारीमाथि यसरी कुटपिट गर्ने हो भने काम गर्ने वातावरण कसरी बन्छ ?',पालिकाका प्रशासन प्रमुख सुवोध खनालले भने,'घटनाको छानबिन होस् । दोषीमाथि कारबाही होस् ।'
कर्मचारीलाई कार्यस्थलमै जिम्मेवार जनप्रतिनिधिबाट घटाइएको अमानवीय तरिकाले कुटपिट गरेकाे प्रति उनीहरूले कारबाहीको दबाब सिर्जना गरेका छन् । 'घटनाको अविलम्ब सत्य तथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम हदैसम्मको कारबाही गर्न जोडदार माग गर्दछौँ,' उनीहरूले भने । दोषीलाई कारबाही नगरे सेवा ठप्प पार्ने चेतावनी उनीहरूले दिएका छन् ।
'यस्ता आपराधिक घटनाबाट हामी सम्पूर्ण कर्मचारीहरू कार्यस्थलमा असुरक्षित महसुस गरेका छौँ, 'उनले भने, 'यस किसिमका घटनालाई गम्भीरताका साथ लिई पिडकलाई कानुन बमोजिम कारबाही नभएमा स्थानीय तहमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले सेवा प्रवाह ठप्प पारी सशक्त आन्दोलनको कार्यक्रमलाई अगाडि बढाउने जानकारी गराउँदछौँ ।'
घाइते भुसालको भरतपुरमा उपचार भइरहेको छ । चौतर्फी आलोचनापछि वडाध्यक्ष गुरुङ पक्राउ परिसकेका छन् । जाहेरीका आधारमा अनुसन्धान गरी कारबाही हुने तनहुँ प्रहरीले जनाएको छ । उनीहरूले गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको लिखित ध्यानाकर्षण गराएका हुन् । कर्मचारीको पीडामा साथ दिन समर्थन जनाएको खनालले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण