‘ताण्डवम्’ को प्रिमिएर पनि स्थगित
बुधबार, ०७ फागुन २०८१, १२ : ५३
काठमाडौंँ । फिल्म ‘ताण्डवम्’ को प्रिमिएर स्थगित गरिएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मको सेन्सरमा रोक लगाएपछि आज बुधबार साँझ हुने भनिएको फिल्मको प्रिमिएर स्थगित गरिएको हो ।
फिल्म सेन्सरमा रोकिएको कारण प्रिमिएर रोकिएको निर्देशक जुनिम गहतराजले बताए । उनले फिल्मलाई छिट्टै सेन्सर गरेर प्रदर्शनमा ल्याउने तरखरमा आफु लागेको सुनाए । मंगलबार भएको सेन्सरमा फिल्मलाई चलचित्र सेन्सर बोर्डले अत्याधिक हिंसात्मक दृश्य भएकोले सच्याएर ल्याउन भन्दै फिर्ता पठाएको हो ।
जुनिम गहतराज निर्देशित फिल्ममा जुनिम सहित सरिना मगर,अंकित खड्का लगायतका कलाकारहरुको अभिनय छ । फिल्म बदलाको कथामा बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण