अदालतको आदेशपछि ‘सक्किगोनि’को ९१औँ भाग प्रसारण समेत रोकियो
काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि टेलिश्रृंखला ‘सक्किगोनि’को ९१औँ भाग प्रसारण समेत प्रभावित बनेको छ ।
टेलिश्रृङ्खलाको ९१औँ भागमा फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामग्री रहेकाले अदालतको आदेशअनुसार सामग्री प्रसारण गर्न असमर्थ भइएको कलाकार अर्जुन घिमिरेले जानकारी दिए ।
‘सम्पूर्ण दर्शकहरूमा सादर नमस्कार ! पाटन उच्च अदालतले हाम्रो चलचित्र लाज शरणम्को प्रचारप्रसारमा रोक लगाएपछि हामीले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल सक्किगोनिको ९१औँ भाग अदालतको आदेशलाई आत्मसाथ गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरू सम्पूर्णमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
केही दिनअघि उच्च अदालत पाटनले हाल थुनामा रहेका आफताब आलमको मुद्दाका आधारमा फिल्मको प्रचार प्रसारमा रोक लगाएको थियो । आलमले आफ्नो आकृति झल्किने तस्बिर र सामग्री फिल्ममा प्रयोग गरिएको पाइएको भन्दै रोक लगाउन माग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण