फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम’को जाँच गरेको छ । शुक्रबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा सो फिल्मको जाँच गरिएको हो ।
मन्त्रालयका कानून विभाग हेर्ने अधिकारीसहित उपस्थित जाँचमा सेन्सर पासचाहि भैनसकेको बताइएको छ । फिल्मसँग सम्बन्धित केही कुराहरु मिलाउनुपर्ने भन्दै फिल्म टिमलाई आइतबार पनि बोलाइएको छ ।
फिल्मको जाँचअघि संचार मन्त्रालयमा बोर्ड पदाधिकारीहरूको बैठक बसेको थियो । सो बैठकसँगै सबै सदस्यले फिल्मको स्क्रिप्ट अध्ययन गरेका थिए । स्क्रिप्ट अध्ययनको क्रममा पनि फिल्मको विषयवस्तु सामान्य नै पाइएको बताइएको छ ।
पूर्वमन्त्री अफताव आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण