शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रिमियर लिगमा चेल्सी फेरि हार्‍यो

आइतबार, ११ फागुन २०८१, ०४ : २२
आइतबार, ११ फागुन २०८१

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी फेरि हारेको छ । शनिबार राती चेल्सी एस्टन भिल्लासँग २-१ ले हारेको हो । 

खेलको नवौं मिनेटमा एजो फर्नान्डिजले दिलाएको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित हुन पुग्यो । भिल्लाका लागि दोस्रो हाफपछि दुबै गोल मार्को एसेन्सियोले गरे । यो जितले  एस्टन भिल्लालाई सातौं स्थानतर्फ डोर्‍याएको छ । चेल्सी एक स्थानमाथि छैठौं स्थानमा छ । 

यस्तै, शनिबार राती भएका अन्य खेलमा उल्भ्सले बर्नमथलाई १-० ले हरायो भने क्रिष्टल प्यालेसले फुलहमलाई २-० ले पाखा लगायो । यस्तै, टोटनह्याम हटस्परले इप्सविच टाउनविरुद्ध ४-१ को जित निकाल्दा ब्राइटनले साउथह्याम्पटनलाई ४-० ले हरायो । म्यान्चेस्टर युनाइटेड र एभर्टनले भने २-२ को बराबरी खेल्दै अंक बाँडे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप