फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
आइतबार, ११ फागुन २०८१, ०९ : ०४
पेरिस । फ्रान्सको मिलोस शहरमा छुरा प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने दुई प्रहरी गम्भीर घाइते भएका छन्।
समाचारअनुसार आरोपीले सुरुमा दुई प्रहरीलाई अन्धाधुन्द चक्कु हानेर गम्भीर घाइते बनाए । आक्रमणबाट एक प्रहरीको घाँटीमा र अर्कोको छातीमा चोट लागेको समाचारमा उल्लेख छ ।
सो देखिरहेका एक ६९ वर्षीय पोर्चुगिज पुरुष हस्तक्षेप गर्न जाँदा उनीमाथि पनि चक्कु प्रहार भयो र उनको मृत्यु भएको बताइएको छ ।
घटनास्थलबाट ३७ वर्षीय अल्जेरियन पुरुषलाई पक्राउ गरिएको छ। उनीविरुद्ध आतंकवादसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको छ।
राष्ट्रपति इमानुएल म्याक्रोले यो इस्लामवादी आतङ्कवादी हमला भएको भन्दै कडा विरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण