सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले देशमा सुरक्षा चुनौती (थ्रेट) बढेको बताएका छन् ।
नेपाली सेनाको पृतनापतिको बैठकले नै देशमा सुरक्षा चुनौती बढेको विश्लेषण गरेको सूचना आफूले प्राप्त गरेको उल्लेख गर्दै सापकोटाले यसबारे गम्भीर हुनुपर्ने धारणा राखे ।
आइतबार प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सापकोटाले ताप्लेजुङमा जारी केबलकार निर्माण सम्बन्धी विवाद समयमा निराकरण नगरिए यसले विकराल रूप लिन सक्ने समेत चेतावनी दिए ।
यस्तै मधेसमा पहिचान विषय पनि रहेको भन्दै उनले त्यसलाई पनि चाँडै सम्बोधन गर्नुपर्ने धारणा राखे ।
अर्को प्रसंगमा उनले जनताले शासकको विरोध गर्न थालेपछि केपी ओली नेतृत्वको सरकारले विरोधबाट बच्न सामाजिक सञ्जाल सम्बन्धी अध्यादेश ल्याएको समेत आरोप लगाए ।
सरकारले जनताको विश्वास गुमाइसकेको दाबी गर्दै उनले प्रधानमन्त्री कार्यालयले नै प्रधानमन्त्रीको कार्यसम्पादन मूल्याङ्कन कम देखाएकोले पनि सरकार असफल बनेको पुष्टि भएको टिप्पणी गरे ।
अब देशको रक्षाका लागि जनता नै उठ्ने बताउँदै सापकोटाले देशको अवस्था झनझन सङ्कटपूर्ण भइरहेकाले भइरहेको अवस्थामा माओवादी चुप लागेर नबस्ने बताए । नेपालको अस्तित्वसँग माओवादीको अस्तित्व जोडिएकाले जनतालाई विश्वास लिएर अगाडि बढ्नु पर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
यस्तै उनले अमेरिकाले युएसएड र एमससीको प्रोजेक्ट रोकेका कारण केही चुनौती भएपनि यसलाई अवसरको रूपमा लिनु पर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण