काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
काठमाडौँ । प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्दिपक ट्रामाडोल क्याप्सुलसहित एउटा गिरोहलाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबट खटिएको प्रहरी टोलीले सो क्याप्सुल ५,६४, १०० सहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत फागुन ८ गते काठमाडौँ महानगरपालिका १४ बाट ललितपुरको महांकाल नगरपालिका ४ बस्ने ३३ वर्षीय सुधीर लामिछानेलाई ट्रामाडोल ३०,००० क्याप्सुलसहित पक्राउ गरिएको जनाएको छ ।
लामिछानेमाथि अनुसन्धान गर्ने क्रममा फागुन ९ गते पर्साको महुवन गाउँपालिका ६ स्थायी घर भई काठमाडौँ महानगरपालिका ४ टोखा बस्ने ३८ वर्षीय साइमन बनवारीलाई ५,३४,१०० क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई बिक्री वितर गर्न राखिएको गोदामबाट सो परिमाणको क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण