कन्डम किन्दा १४ करोड बाहिरियो, १ करोड ८६ लाख थान आयात
मङ्गलबार, १३ फागुन २०८१, १२ : २३
काठमाडौं । सात महिनामा १ करोड ८६ लाख थान कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा १४ करोड ५ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको हो ।
यसअघि पुस महिनासम्म पुस मसान्तसम्म यस्तो आयात १ करोड ७७ थान थियो । सो अवधिभित्र १२ करोड ६२ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको थियो ।
यो हिसाबले माघ महिनाको आयात मात्रै ९ लाख २० हजार थान भएको देखिन्छ । यसका लागि कुल १ करोड ४१ लाख रुपैयाँ खर्च भएको विभागको तथ्यांक छ ।
पुसको एकै महिनामा २ करोड ७ लाख रुपैयाँ बराबरको १९ लाख ३९ हजार थान आयात भएको भन्सार विभागको तथ्यांक छ ।
नेपालमा आयात हुने अधिकांश कन्डम भारतबाट आउने गरेको छ । त्यसबाहेक थाइल्याण्ड, चीन, मलेसिया, दक्षिण कोरिया र जावानबाट समेत यस्तो आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण