कोशीमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ आयोजना हुँदै
विराटनगर । आगामी फागुन १६ गतेदेखि २० गतेसम्म मोरङको बेलबारीमा कोशी प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ आयोजना हुने भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजक र बेलबारी प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेर प्रादेशिक ललितकला प्रदर्शनी हुने भएकाे हाे ।
यस प्रदर्शनीमा प्रदेशका १४ जिल्लाका १८६ जना कलाकारहरूका २२१ वटा कलाकृतिहरू प्रदर्शनीमा राखिने छन् । समसामयिक मूर्तिकला १८ वटा, समसामयिक चित्रकला १२० वटा, परम्परागत चित्रकला ५ वटा, हस्तकला (हेन्डिक्राफ्ट) ३५ वटा, फोटोग्राफी कला १६ र लोककला २८ वटा रहेका छन् ।
कार्यक्रममा प्रदेशमा रही लामो समयदेखि निरन्तर कला सिर्जनामा लागिरहेका ४ जना वरिष्ठ कलाकारहरूलाई सम्मान प्रदान गरिनेछ। साथै, प्रदर्शित कलाकृतिहरू मध्येबाट एक जनालाई ५० हजार राशिको उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कार र अन्य विभिन्न विधामा विद्यमान २५ हजार राशिको विधागत पुरस्कारले पुरस्कृत गरिनेछ।
प्रदर्शनी कार्यक्रममा पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन राष्ट्रिय कलाकारहरू सहितको कला कार्यशाला, तेस्रो दिन समसामयिक कला, लोक कला तथा स्थानीय कला सम्बन्धी अन्तरक्रिया कार्यक्रम, चौथो दिन साङ्गीतिक र सांस्कृतिक कार्यक्रम र पाँचौँ दिन समापन समारोह हुने जानकारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रदर्शनी कार्यक्रमको अवधिभर १५ हजार भन्दा बढी अवलोकनकर्ताहरूलाई अवलोकन गराउने लक्ष्य राखिएको छ। कार्यक्रम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र इटहरी नगरपालिकाको आर्थिक सहयोगमा आयोजना हुन लागेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
-
काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?
-
मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जतिबेला पनि निद्रा लागिरहन्छ ?
-
ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण